कोरोना संक्रमणका कारण मुस्लिम समुदायको सम्मेलन स्थगित



जनकपुरधाम : विश्वभरी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाईरसको संक्रमणका कारण मुस्लिम समुदायको जाहिदे मिल्लत सम्मेलन अनिश्चिकालका लागि स्थगित गरिएको छ ।

चैत ७ गते शुक्रबार अल्लिपट्टीमा आयोजना हुने भनिएको उर्से जाहिदे मिल्लत कान्फ्रेन्स स्थगित गरिएको आयोजक कमिटीका अध्यक्ष कलामुद्दिन राईनले जानकारी दिए ।

प्रदेश नम्बर २ मा पनि कोरोना संक्रमणको आशंकामा बढ्न थालेपछि निर्धारित गरिएको सम्मेलन अन्तिम समयमा आएर स्थगित गरिएको अध्यक्ष राईनले बताए ।

प्रतिक्रिया दिनुहोस्