दुर्घटनामा तरुणदलको अध्यक्षकी श्रीमतीको मृत्यु, २ जना घाइते



बझाङ : मोटरसाइकल दुर्घटना हुँदा नेपाल तरुणदल बझाङका अध्यक्ष विष्णु ऐडीकी श्रीमती उजली ऐडीको मृत्यु भएको छ ।

जिल्लाको छविसपाथिभरा गाउँपालिकाको भाँडे बजारबाट घर जाने क्रममा खोला गाड भन्ने ठाउँमा भेनप ७६८१ नं.को मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मोटरसाइकलमा सवार विष्णु ऐडी र उनका ३ वर्षीय छोरा भने सामान्य घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्