उपत्यकाका ५ ठाउँमा सुपथ मूल्यका पसल खोल्ने तयारी



काठमाडौं : सरकारले उपत्याका विभिन्न ५ ठाउँमा सुपथ मूल्यका पसल खोल्ने भएको छ ।

शुक्रबारदेखि उपत्याकाका विभिन्न ५ स्थानमा सूपथ मूल्यको पसल खोल्ने तयारी गरिरहेको आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन् ।

आज (बिहीबार) सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबारदेखि साल्ड ट्रेडिङले पसल खोल्न लागेको बताए ।

उनले खाद्यान्न ४ देखि ६ महिनासम्मलाई पुग्ने अवस्थामा रहेको र ८ महिनासम्मलाई पुग्ने औषधि,१० महिनासम्मका लागि पुग्ने नुन र ३ महिनासम्मका लागि पर्याप्त चिनी पनि रहेको उनले बताए ।

उनले स्वास्थ, गृह र अपूर्ति मन्त्रालयले उपत्याका बाहिर पनि बजार अनुगमन गरिरहेको जानकारी दिए । उनले पेट्रोलियम पदार्थको पर्याप्त भएको उल्लेख गर्दै व्यवस्थापनमा मात्रै समस्या रहेको बताए । उनले भने,’खाद्य १ क्वीन्टल लिनेले १० क्वीन्टल पनि लिएका छन् । ग्यास पनि यस्तै भएको छ । जनताको घरमा छापा मार्ने स्थिति हुन्न राज्यको ।’

बजारका सिटामोलको माग बढेको उनको भनाइ छ । मास्क र ह्यान्ड स्यानिटाइजर मागअनुसार आपूर्ति गर्न नसकेको बताउँदै उनले ग्यास कालो बजारी गर्नेबाट फागुनयता ५६ लाख ३० हजार जरिवाना भराइएको जानकारी दिए ।

चीनबाट आउने तरकारीजन्य वस्तुमा मात्रै मूल्य बढेको र अन्यमा समान्य नै रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्