निरुताको पारिश्रमिकमा विवाद



काठमाडौं : फिल्ममा ‘हजार जुनीसम्म’मा पाँच लाख रुपैयाँ पारिश्रमिक मागेका कारण नायिका निरुता सिंह र यस फिल्मको निर्माण यूनिट बिच कुरा  मिलेन । जसले गर्दा सिंह यो फिल्ममा काम नगरी मुम्बई उडिन् । तर, अहिले सिंह नेपाल आएकी छिन् ।

नेपाल आउँदै गर्दा सिंहले फिल्मका लागि पाँच लाख रुपैयाँ मागेको बिषयमा जवाफ पनि दिएकी छिन् । सिंहले भनिन् , ‘यस फिल्ममा पारिश्रमिकको मात्र कुरा थिएन, केही प्राविधिक कुरा पनि थिए । मलाई जसले जुन हिसाबले सोच्नुहुन्छ, उहाँहरुको पारिश्रमिकको बिषयमा त्यस्तै सोच होला । मेरो कामको कदर गर्नेलाई यति पारिश्रमिक ठीक लाग्छ होला । नगर्नेलाई बढी लाग्छ होला ।’

नायिका सिंहले अगाडि भनिन्, ‘पहिले पनि मैले पारिश्रमिक बढाउँदा निरुताले अब फिल्मी क्षेत्र छाड्छििन्, यस क्षेत्रमा टिक्दिनन् भन्थे । मलाई अहिले पनि यस क्षेत्रमा आएर जम्नु नै पर्छ भन्ने लागेको छैन । म काम गर्छु, कामको कदर जसले गर्छ उहाँले दिनुभएको छ । मलाई जबरजस्ती फिल्ममा लिनैपर्छ भन्ने पनि छैन ।’ हाल नायिका सिंह चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा नृत्य गर्न नेपालमा आएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्