मणिकर्णिकामा कंगनाकाे कैंची



 

एजेन्सी : अहिले फिल्म मणिकर्णिकालाई सबैले मनपराइरहेका छन् । तर कंगना रनावत र फिल्मका सहनिर्देशक क्रिशबीचको विवाद सार्वजनिक भएको छ ।

 

क्रिशले कंगनालाई फिल्ममा हाबी हुन चाहेको आरोप लगाएका छन् । उनले भने, ‘कंगनाले अन्य कुनै भूमिकालाई फिल्ममा हाबी भएको हेर्न चाहँदैनथिन् । त्यसकारण उनले अरु पात्रको भूमिका छोटो बनाइदिइन् । यहाँ सम्म कि सोनु सुदको भूमिका सय मिनेटबाट ६० मिनेट बनाइदिएकी थिइन् जसले गर्दा उनले फिल्म छोडिदिए ।’

 

क्रिशले भारतीय मिडियासँगको एक अन्तर्वार्तामा भने, ‘फिल्म जुनमा पूरा एडिट भएको थियो । डबिङ पनि कंगनाको पात्रको छोडेर सबैको पूरा भएको थियो । कंगना लन्डनमा ‘मेन्टल हे क्या’ को सुटिङ गरिरहेकी थिइन् । जब उनी फिर्ता भइन् तब उनले फिल्म आफूलाई मन परेको बताइन् तर उनी यसमा स–साना परिवर्तन चाहन्थिन् । त्यसपछि उनले यसको भूमिका धेरै छ, उसको धेरै छ, यी युवतीको दमदार छ, उसको छैन, यो परिवर्तन गराउनु प¥यो, त्यो पनि गर्नुप¥यो भनेर किचकिच गर्न थालिन् । उनले निर्मातालाई नै फिल्म मन नपरेको बताउन थालिन् ।’

 

उनले थपे, 'त्यसपछि निर्देशक केही भागको फेरि सुटिङ गर्न राजी भए जसमा ६ दिन अतिरिक्त समय लाग्ने भएको थियो, यसमा कंगनाको आवश्यकता थिएन । उनले प्रसून जोशीसँग के गर्ने भनेर सल्लाह लिए । त्यसपछि कंगनाले अचानक सोनुको पात्र सदाशिव रावलाई मध्यान्तरमा नै मार्न जिद्दी गर्न थालिन् जुन इतिहासविरुद्ध थियो ।’

 

जब यो कुरा निर्माता कमल जैनलाई थाहा भयो तब उनले फिल्मलाई जे हित हुन्छ त्यो गर भन्दै कंगनाको पक्ष लिए । जब क्रिशले यो भागको निर्देशन गर्न अस्वीकार गरे तब कमल जैनले यसलाई कंगनाले निर्देशन गरिदिने बताए । क्रिशका अनुसार सोनु सुदको भूमिका कंगनाले सय मिनेटबाट ६० मिनेट गराइदिइन् । जब कि उनले ३५ दिनको सुटिङ गरिसकेका थिए । उनको अन्य भुमिका पनि कंगनाले काटेर सानो बनाइदिइन् । 

विवादबीचमै मणिकर्णिका फिल्म माघ ११ गते रिलिज भयो । फिल्मले पहिलो दिनमा नै ९ करोड भारुको कमाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्