‘प्रेमगीत ३’ रिलिज स्थगित



काठमाडौं : चलचित्र ‘प्रेम गीत २’को रिलिज स्थगित गरिएको छ। कोरोना भाइरसका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण फिल्म हल बन्द गर्न दिएको निर्देशनका कारण स्थगित गरिएको हो।

यहि चैत २८ गते रिलिज गर्ने तयारीमा रहेको यो फिल्म रिलिज स्थगित गरिएको निर्माता सन्तोस सेनले जानकारी दिए ।

दुई गीत र टिजर सार्वजनिक गरेर आक्रमक प्रचार प्रसारको तयारीमा रहेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्