‘सम्हालिन्छ कहिले मन’को घोषणा



काठमाडौं : प्रेमकथामा फिल्म बनाउन माहिर मानिने निर्देशक सुदर्शन थापाको ११औं प्रोजेक्ट ‘सम्हालिन्छ कहिले मन’ को निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मका कलाकार र प्राविधिकलाई पत्रकार माझ चिनाएको छ ।

 

‘सम्हालिन्छ कहिले मन’ को सम्पूर्ण छायांकन बेलायतमा हुनेछ । यस फिल्मको मुख्य भुमिकामा नायिका पुर्जा शर्मा, नायक आकाश श्रेष्ठ र सोनम तोप्देन रहेका छन् । नायक आकाशसँग नायिका पुर्र्जाले यसअघि  ‘रामकहानी’ मा काम गरिसकेकी छिन् । तर सोनम नेपाली फिल्मका लागि नयाँ अनुहार हुन् । ‘सम्हालिन्छ कहिले मन’ प्रेमकथामा आधारित फिल्म हो । 

 

‘सम्हालिन्छ कहिले मन’ मा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारको पनि अभिनय छ । यस फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । यस फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत दिएका छन् । यस फिल्मलाई सौरभ लामाले खिच्दैछन् ।

 

यस फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यो फिल्म अमितकुमार बस्नेतको निर्माणमा बन्न लागेको हो । फिल्ममा परि राना र अजितकुमार थापा सहनिर्माता छन् । फिल्मको कार्यकारी निर्माताका रुपमा अंकित गौतमले काम गरेका छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट फिल्मको नाम सापटी लिइएको छ । फिल्मको सुटिङ माघ २६ गतेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्