परिणितीको महँगो डिमान्ड



काठमाडौं : ‘बाहुबली’ जस्तो सफल फिल्म निर्देशन गरेर संसारभर परिचित बनेका निर्देशक एसएस राजमौली हाल नयाँ फिल्मको तयारीमा छन् । उनी अहिले ‘आर आर आर’ नामक चलचित्र निर्देशन गर्ने तयारीमा छन् । यस फिल्मका लागि कलाकारमा रामचरण र जुनियर एनटीआर फाइनल भएका छन् ।

 

यस फिल्ममा नायिका परिणिती चोपडाको मुख्य भूमिका रहने खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार परिणिती चोपडाले यस फिल्ममा काम गर्न ठूलो रकम माग गरेकी छिन् । तर अहिलेसम्म यस फिल्मको निर्माण युनिट र परिणितीबीच लिखित सम्झौता भने भएको छैन ।

 

यस फिल्मको निर्माण ३ अर्ब भारुमा हुने भएको छ । यो फिल्म हैदरावादमा खिचिनेछ । यस फिल्मको छायांकनका लागि भव्य सेटसमेत तयार गरिएको छ । यस फिल्मको छायांकन छिट्टै नै सुरु हुन लागेको छ । यो फिल्मलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य छ ।

 

नायिका परिणिती चोपडाले ‘नमस्ते इंग्गल्यान्ड’, ‘इश्कजादे’, ‘गोलमाल रिटर्न’, ‘हसी तो फसी’, ‘मेरी प्यारी बिन्धु’, ‘शुद्ध देसी रोमान्स’, ‘दाबते इश्क’, ‘किल दिल’, ‘केशरी’, ‘लेडिज भर्सेज रिक्की वेहल’, ‘सन्दिप ओर पिङ्की फरार’ लगायतका फिल्ममा काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्