फेरी बढ्यो सुनको मूल्य



काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सयले बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ६ सय ८० रहेकोमा आज मूल्य बृद्धि भई प्रतितोला चाँदी ७ सय कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्