प्रदेश सञ्चार विधेयक माथी संशोधन प्रस्ताव दर्ता



काठमाडौं : प्रदेश दुईको सरकारले प्रदेशसभामा छलफलका लागि प्रस्तुत गरेको प्रदेश सञ्चार विधेयक माथी ६ जना प्रदेशसभा सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेश संचार विधेयकमाथी संशोधन गराउने प्रदेशसभा सदस्यहरुमा राजपाका प्रदेशसभा सदस्यहरु सुरिता साह, विदेश्वरप्रसाद यादव, डा.रिना यादव, समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य चमेलीदेवी दास, प्रमुख प्रतिपक्षी नेकपाका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र प्रदेशसभा सदस्य गोविन्द न्यौपाने रहेका छन् ।

प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादवले यस विधेयकमा पत्रकारको स्वतन्त्रता र निष्पक्षरुपमा पत्रकारीता गर्नका लागि बन्देज लगाइएको हुनाले पत्रकार मैत्री विधेयक निर्माणका लागि संशोधन प्रस्ताव दर्ता गराएको बताए ।

प्रदेश सरकारले पेस गरेको सो विधेयकका अधिकांश परिच्छेद तथा दफाहरु सञ्चार तथा पत्रकारलाई खोजमुलक, भ्रष्टाचारमुलक, विधिको शासन तथा पारदर्शीताका लागि सरकारको काम कारवाही तथा आर्थिक कारोबार सम्बन्धी समाचार लेख्न नै बन्दजे गर्ने खालको रहेको भन्दै एक दिन अगाडी मात्रै नेपाल पत्रकार महासंघ प्रदेश दुईले आपत्ति जनाएको थियो ।

प्रदेश सभामा पेस गरिएको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले फिर्ता नलिई पत्रकार मैत्री विधेयक बनाउन नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्