सैनिक पोशाकमा रविन्द्र, चलचित्र ‘गोर्खे’को पोस्टर सार्वजनिक



काठमाडौं : चलचित्र ‘गोर्खे’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोस्टरमा अभिनेता रविन्द्र प्रताप सेनलाई विशेष प्राथमिकता दिइएको छ । एउटामा सैनिक पोशाकमा रविन्द्र हातमा बन्दुक बोकेर क्रोद्धित मुद्रामा देखिएका छन् भने अर्कोमा हातमा खुकुरी बोकेर दौडिरहेका छन् ।

चलचित्र ‘गोर्खे’लाई सन्तोष ढकालले निर्देशन गरेका हुन् । चलचित्रमा कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजुरहरि थापाको निर्माण रहेको छ । चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

यो चलचित्रको यसअघि दुई गीत ‘सिन्की अचार’ र ‘गाम भरी हल्ला भो’ सार्वजनिक भैसकेका छन् । चलचित्रमा रविन्द्रसँगै अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठलगायतका कलाकारको अभिनय छ । चलचित्रले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्