अत्याधिक मदिरा सेवनले एकको मृत्यु



बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकाको एक लजमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सैनामैनामा रहेको हाम्रो अर्घाखांची रेष्टुरेण्ड एण्ड लजमा सैनामैना नगरपालिका-५ का ४८ वर्षिय मेघबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार अत्याधिक मदिरा सेवन गर्दा मृत्यु भएको हो ।

शुक्रबार बिहान अचेत अवस्थामा फेला परेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको र उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको थियो ।

अत्याधिक मादक पदार्थ सेवन गरेका कारणले मृत्यु भएको हुनसक्ने प्रवक्ता खत्रीको भनाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्