कलङ्कीबाट बेपत्ता विद्यार्थी ७ दिनपछि पशुपतिमा भेटिइन्



काठमाडौँ । कलङ्कीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधवार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् । सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा उनलाई फेला पारिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।

आमा शोभा लामिछानेका अनुसार, स्नेहा कलेजमा कम्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो । स्नेहाको मोबाइल पनि १९ वैशाखबाटै स्विच अफ थियो ।

प्रतिक्रिया दिनुहोस्