आज–८ चैत २०७६ शनिवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । भाग्यले साथ दिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । भूमि लाभ रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रमाइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । विद्या र बुद्धिको विकास हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूतिपनि हुनेछ ।

मिन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्