सञ्चारकर्मी जोशीको ‘मुटु भित्र चोट छ’



काठमाडौं : सञ्चारकर्मी नारायण जोशीको पहिलो लोकदोहोरी ‘मुटु भित्र चोट छ’ बोलको गीत बजारमा आएको छ । उनको आफ्नै शब्दमा रहेको गीतमा गायिका निरुता खत्री र नारायणलेनै आवाज दिएका छन् ।

 

माया प्रेमसँग सम्बन्धित रहेर तयार पारिएको गीतमा डण्डीराज जोशीले संगीत भरेका छन् । गीतमा मोडल साया भण्डारी र सञ्चारर्मी खगेन्द्र साउदको फिचरिङ्ग छ ।

 

बिक्रम चौहानको निर्देशनमा तयारी पारिएको गीतको भिडियोमा काठमाडौं आसपासका क्षेत्रका दृश्य कैद गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्