लोकप्रिय हाँस्यव्यँग्य टेलिफिल्म ‘सक्किगोनी’ बन्द



काठमाडौं : हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रासले सबैलाई घरमै बस्न सरकारले आग्रह गरिएको छ ।

कोरोना भाइरसको डरका कारण समयमै सतर्कता अपनाउदै लोकप्रिय हाँस्यव्यांग्य टेलिफिल्म सक्किगोनी पनि स्थगित भएको छ ।

कोरोना भाइरस संक्रमण हुने डरले सेल्फ क्वारेन्टाइनमा हामी पनि बसेको भन्दै निर्माता तथा कलाकार कुमार कट्टेलले सामाजिक सञ्जाल फेसबुक मार्फत सक्किगोनी स्थगित भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्