कोभिड १९ : सीमानाका र बजार सुनसान


भीमदत्तनगर : कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेसँगै यहाँ चहलपहल नभएको हो ।

नाकाबन्दबारे जानकारी नभएका यात्रुको स्वस्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइएको छ । यात्रु गड्डाचौकीबाट पाँच किलोमिटर वरको भीमदत्तनगरसम्म हिँडेरै आइरहेका छन् । गड्डाचौकी बजार पूर्ण रुपमा बन्द छ । सीमानामा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्यकर्मीको टोली बिहानैदेखि सेवा प्रदान गरिरहेको छ ।

यस्तै यहाँको मुख्य बजार महेन्द्रनगरसमेत सुनसान छ । पूर्व–पश्चिम राजमार्गमा सर्वसाधारण पैदल नै गन्तब्यतर्फ लागेका देखिन्छ । ठाउँ ठाउँमा प्रहरी टोलीले अनावश्यक रुपमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले गएराति १२ बजेदेखि लागू हुने गरी यहाँको बजार, व्यापार, व्यवसाय, कलकारखानालगायत बन्द गर्ने निर्णय गरेको थियो ।

“अत्यावश्यक सेवा प्रवाह रोकिएको छैन”, भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले भने, “आइसोलेसन वार्डदेखि अन्य सामग्री र पूर्वाधार निर्माणमा नगरपालिका जुटेको छ ।” यहाँको भीमदत्तनगर बजारमा रहेको सिएमए छात्रावासमा १०० श्ययाको आइसोलेसन निर्माण गर्न नेपाली सेना जुटेको छ । सीमानाका, राजमार्ग र बजार क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यातायातका साधन बन्द हुँदा भने यात्रुलाई समस्या भएको छ । गड्डाचौकी क्षेत्रको स्थलगत अनुगमन तथा अन्य बजार क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरधी बालकृष्ण कार्की भीमदत्तनगर आइपुगेका छन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको