सुरु भयो ‘बेस्ट मोडल अफ द इयर’को छनौट  



नेपाल फेसन सिटी आयोजनमा सौदर्य प्रतियोगिता ‘बेस्ट मोडल अफ द इयर’को दोस्रो सिजन सुरु हुने भएको छ । आयोजकले एक विज्ञप्ति जारी गरेर ‘बेस्ट मोडल अफ दि इयर २०१९’ को आवेदन खुल्ला गरेको जनाएको छ । 

 

‘बेस्ट मोडल अफ द इयर’को उद्देश्य स्वदेश तथा विदेशका लागि आवश्यक प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गर्ने रहेको छ । यस प्रतियोगिताको पहिलो अडिसन माघ १७ गते टेकुमा  मसला कटेजमा आयोजना हुने भएको छ । आवेदकका लागि संस्थाको कुपन्डोलमा रहेको नेपाल फेसन सिटीको कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ ।

 

काठमाडौंबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुन काठमाडौंमा आएर सकिनेछ । ‘बेस्ट मोडल अफ द इयर’ मा १४ देखि ३२ वर्ष सम्मका युवायुवतीले सहभागिता लिन सक्छन् । प्रतियोगितामा बिभिन्न चरणको अडिसनबाट छानिएका युवायुवती मात्र अन्तिम स्पर्धाका लागि भिड्ने नेपाल फेसन सिटीकी प्रबन्ध निर्देशक रुथ मास्केले जनाएकी छिन् ।

 

यस प्रतियोगिताका कोरियोग्राफर तथा प्रोग्राम कोअडिनेटर प्रवेश गिरि रहेका छन् । यस प्रतियोगिताका अन्तिम प्रतियोगी  र्‍याम्प, व्यक्तित्व विकास, सञ्चारकला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ लगायत विषयको दक्ष प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिने छन् ।

 

यस प्रतियोगिताको शिर्ष बिजेताले नगद १ लाख सहित बिभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गर्ने छन् । प्रतियोगितामा शिर्ष सहित अन्य आधा दर्जन शिर्षकमा बिजेता समेत छानिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्