रोहित शेट्टीको फिल्ममा सलमान खान



एजेन्सी : बलिउडका दबंग सलमान खानको फिल्मको प्रतिक्षा प्रशांसकहरुले सधैं गरिरहन्छन् । सलमान खान साल २०१८ देखि नै फिल्म‘भारत’लाई लिएर चर्चामा छन् । यस फिल्मको अहिले अन्तिम चरणको छायांकन भइरहेको छ । यसमा उनको अपोजिटमा नायिका कैटरीना कैफ छिन् । हालै यस फिल्मको धमाकेदार टिजर रिलिज भएको थियो ।

अब सलमानले चर्चित निर्देशक रोहित शेट्टीसँग एक प्रोजेक्टमा काम गर्न लागेको खबर आएको छ । रोहितको फिल्म ‘सिम्बा’ २०१८ को अन्त्यमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा कयौं रेकर्ड आफ्नो नाममा गर्‍यो । यस फिल्मबाट रोहित बक्स अफिसमा सबैभन्दा ठूलो खेलाडी समेत बनेका छन् ।

रोहित शेट्टी र साजिद नाडियाडवालाले सलमानलाई लिएर फिल्म बनाउने भएका छन् । आइडिया प्लान अनुसार चले सलमान, रोहितको फिल्ममा एक पुलिस अफिसरको भूमिकामा देखिन सक्छन् ।

 साल २०१० मा रिलिज भएको फिल्म ‘दबंग’ मा पनि सलमान पुलिसको अवतारमा देखिएका थिए । यस वर्षको अन्त्य सम्ममा रोहित शेट्टीसँग सलमान नयाँ प्रोजेक्टमा काम गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्