ला लिगासहित स्पानिस फुटबल अनिश्चितकालका लागि बन्द



काठमाडौं : स्पेनको सबै खाले फुटबल अनिश्चितकालको लागि स्थगित गरिएको छ। यसअघि मार्च १२ मा स्पानिस ला लिगा दुई साताको लागि स्थगित गरिएको थियो । तर अहिले कोरोनाको संक्रमण बढ्दै गएका कारण स्पेनको सबै खाले फुटबल गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

अब अर्को निर्णय नभएसम्मको लागि स्पेनमा फुटबल सुरु नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्