गृहमन्त्री गरे गीति एल्बम सार्वजनिक



काठमाडौं: गायिका मिलन अमात्यको चौथो एल्बम ‘मिलन यात्रा’ सार्वजनिक भएको छ। गृहमन्त्री रामबहादुर थापाको प्रमुख आतिथ्य तथा वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभको आतिथ्यमा उक्त एल्बम सार्वजनिक गरिएको हो। मिलन यात्रामा ७ गीत समावेश छन्। जसमा योगेन्द्रमणि दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत सुन्न सकिन्छ। नयाँ गीतको भिडियोमा मिलन अमात्य र कमल खत्रीको स्वर तथा अभिनय छ। 

 

प्रतिक्रिया दिनुहोस्