अफेयर्सबाट चर्चित बनेका नायिकाहरु  



एजेन्सी: बलिउडको पर्दामा मात्र होइन सेलिब्रेटीको वास्तविक जीवनमा पनि प्रेम, रिलेशनसिप र ब्रेकअपको चर्चा हुने गर्छ । नायक हुन् वा नायिका, एकभन्दा बढीसँग प्रेम र रोमान्स उनीहरुको लागि सामान्य हुँदै गएको छ । बलिउडमा केही यस्ता कलाकार पनि छन्, जसको रिलेशनसिपमा पनि रेकर्ड नै बनेको छ ।

कंगना रनौत: 

कंगना रनौत बलिउडकी क्वीन हुन् । अभिनय करियर सुरु हुनु पहिले नै कंगना रनौत आदित्य पञ्चोलीसँगको रिलेशनसिपमा रहेर सनसनी मच्चाएकी थिइन् । कंगना अहिले बलिउडकी सफल नायिका मध्ये एक हुन् । उनको अहिलेसम्म ५ अफेयर्स चलिसकेको छ । अहिले सिंगल रहेकी कंगनाको नाम आदित्यपछी अध्ययन सुमन, अजय देवगन, निकोलस लेपर्टी र ऋतिक रोशन जस्ता व्यक्तिहरुसँग जोडिएको थियो ।

अनुष्का शर्मा: 

अनुष्का शर्मा क्रिकेटर विराट कोहलीकी पत्नी हुन् । उनले बलिउड स्टार तीन खानसँग अभिनय गरिसकेकी छिन् । उनको नाम विराट भन्दा पहिले रणवीर सिंह, शाहिद कपूर, अर्जुन कपूर, सरेश रैना, जोहेव युसुफ र रणवीर कपूरसँग पनि जोडिएको थियो । उनको अहिलेसम्म ७ अफेयर्स बाहिर आएको छ ।

आलिया भट्ट:

बलिउडमा सबैभन्दा चुलबुले नायिकाको रुपमा परिचित हुन् – आलिया भट्ट । रिलेसनसिपको कारणले पनि उनले निकै चर्चा बटुलीसकेकी छिन् । पछिल्लो समय रणवीर कपुरसँगको रिलेसनसिपमा रहेकी छिन् । यस अगाडि उनको नाम सिद्धार्थ मल्होत्रा, अर्जुन कपूर, क्वीन मितल, अली ददाकर र उनको साथी रमेश दुबेसँग पनि जोडिएको थियो । उनको अहिले सम्म ६ अफेयर सार्वजनिक भइसकेको छ ।

प्रियंका चोपडा: 

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको जादु छर्न सफल नायिका प्रियंका चोपडाले हलिउड गायक निक जोनससँग विवाह गरेकी छिन् । विवाह पहिले उनी धेरै जनासँगको रिलेसनसिपमा थिइन् । जसमा असीम मर्चेन्ट, हरमन बवेजा, शाहिद कपूर, अक्षय कुमार, शाहरुख खान लगायत रहेका छन् ।

दीपिका पादुकोण: 

बलिउडकी सबैभन्दा डिमान्डेट नायिका दीपिका पादुकोण हुन् । उनले गत वर्ष नायक रणवीर सिंहसँग विवाह गरेकी थिइन् । सम्म उनको ९ जनासँगको अफेयर सार्वजनिक भएको छ । उपेन पटेल, सिद्धार्थ माल्या, रणवीर कपूर, निहार पंड्य, मुज्जमिल इब्राहिम, एमएस धोनी, युवराज सिंह, रवि चौहान जस्ता व्यक्तिसँग उनको नाम जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्