महालक्ष्मी बैंकको बाेनस सेयर सूचीकृत



काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता सेयर सूचीकृत भएको छ । याे गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकले आफ्ना सेयर धनीलाई बाेनसबापत दिएकाे सेयर हाे ।

 

सेयर सूचीकृत भएपछि अब सेयरधनीले बिक्री गर्न पाउँछन् । बैंकले यसपटक लाभांशबापत ७ प्रतिशत नगद र ८ प्रतिशत बाेनस सेयर सेयरधनीलाई दिएकाे  थियाे । साेही बाेनस सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्