टिपर व्यवसायीद्वारा चरणवद्ध आन्दोलनको घोषणा 



विराटनगर : पूर्वाञ्चल टिपर व्यवसायी संघले स्थानीय प्रशासनविरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । मोरङको केराबारी गाउँपालिकामा मंगलबार बसेको संघको बैठकले प्रशासनविरुद्ध आन्दोलन अघि बढाउने निर्णय गरेको संघका अध्यक्ष गोपाल कार्कीले जानकारी दिए ।

बुधबार र बिहीबार सम्पूर्ण टिपर ग्यारेजमा थन्काउने निर्णय भएको उनले बताए ।  शुक्रबार व्यवसायीहरुले विराटचोकस्थित खोर्सानेबाट रोडषेश चोकसम्म टिपरर्याली आयोजना गर्ने बताएका छन् । संघले सुन्दरहरैंचामा भएको प्रदर्शनमा टिपरमा आगजनी गर्नेलाई कारवाही गर्न माग गरेको छ ।

सुरक्षानिकायले घटनालाई नियन्त्रणमा लिन नसक्दा व्यवसायीले करोडौंको क्षति ब्यहोर्नु परेको कार्कीले बताए । सोमबार विहान सुन्दरपुरहरैंचा ९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशमा उत्रेका स्थानीयबासीले सातवटा टिपरमा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्