विराटनगरमा सफारी दुर्घटना, एकजनाको मृत्यु 



विराटनगर: मोरङको सुनवर्षी नगरपालिका –६ स्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा २४ वर्षीय सूर्यनारायण पासवानको मृत्यु भएको छ ।

को १ ह ६८४६ नम्बरको सिटी सफारी अनियन्त्रित भई सडकमा पल्टिंदा सोही सिटी सफारीमा यात्रा गरिरहेका सुनवर्षी ९ खुनियाबारीका पासवान घाइते भएका थिए । उनको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटगनरमा मृत्यु भएको हो ।

प्रहरीले सिटी सफारीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्