सिद्धिचरण राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र



ओखलढुङ्गा: ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे–पत्तालेमा बाक्लो हिउँ जमेका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ । हिउँका कारण अवरुद्ध सडक सञ्चालन भएको तीन दिन नबित्दै फेरि हिउँ परेपछि सडक अवरुद्ध भएको हो ।

निरन्तर बर्षा र हिउँ पर्न थालेपछि सोलुखुम्बु हिँडेका दर्जनौँ यात्रुवाहक तथा मालवाहक सवारी साधन ठाडे बजारमा थन्किएका छन् । बीच बाटोमै सवारी रोकिएपछि यात्रु अलपत्र परेका छन् । हिउँमा पानीको मात्रा धेरै भएका कारण सवारी साधन नचलाउन स्थानीय प्रशासनले सचेत गराएको छ ।

ठाडे र पत्ताले क्षेत्रमा करीब चार फिटसम्म हिउँ जमेको छ । जिल्लाको तल्लो क्षेत्रमा पनि हिमपात भएको छ । धेरै वर्षपछि आज निकै तल्लो क्षेत्रसम्म हिमपात भएको हो जिल्लाको भूसिङ्गा, पुलिका, चर्नालु, पात्ले, जन्तरखानी, माम्खा देउरालीसहितका ठाउँमा हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्