धरानमा पनि कोरोना भाइरसको परीक्षण हुने



मोरङ : धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोना भाइरस परीक्षण हुने भएको छ ।

टेकुमा रहेको शुक्राज ट्रपिकल हस्पिटलमा मात्र यसको परीक्षण हुने भएकोले हवाईजहाज बन्द भएपछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परीगि काठमाडौँ लानुपर्ने बाध्यता थियो ।

प्रदेश सरकारले भारतबाट कोरोना भाइरस परीक्षण गर्ने रसायन ल्याएपछि परीक्षण सम्भव हुने भएको हो । ल्याइएको रसायन आजै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्