हलिउडका १० सेलिब्रेटी जो कोरोना संक्रमित भए


एजेन्सी : चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित भइरहेको छ। सर्वसाधारणका अलाबा सेलिब्रिटी पनि यसको चपेटामा परेका छन्।

संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ। हालै टीभी सो होस्ट एन्डी कोहेनलाई कोविड १९ बाट संक्रमित भएको पाइयो।

भारतवंशी एक्ट्रेस इन्दिरा बर्मा पनि कोरोनाबाट ग्रस्त छिन्। इन्दिरा बिरामी हुनुभन्दा पहिले एमिलिया क्लार्कसँग काम गरिरहेकी थिइन्। इन्दिराले आफू कोरोना पीडित भएको जानकारी इन्स्टाग्रामबाट दिएकी हुन्।

अमेरिकन रेडियो र टीभी होस्ट एन्डीले इन्स्टाग्राममा भिडियो सेयर गरेर आफू पीडित भएको जानकारी गराए।

अहिले कोरोनाका कारण टीभी सोको प्रोडक्सन बन्द गरिएको छ। अभिनेता भीओ आर्टिस्ट र निर्माता डेनियल डे किम धेरै ठूला फिल्मको हिस्सा बनिसकेका छन्। उनीहरूले इन्स्टाग्राममा भिडियो सेयर गरेर आफू बिरामी भएको जानकारी दिएका हुन्।

अमेरिकनी गायक सार्लेट लरेन्सले इन्स्टाग्राममा कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए। २६ वर्षकी रसेल म्याथ्युज ‘ह्याप्पी डेथ डे’ र ‘ह्याप्पी डेथ डे टु यु’ मा देखिएकी थिइन्। रसेलले पनि इन्स्टा स्टोरीमा संक्रमणको जानकारी दिएकी हुन्।

क्रिस्टोफर हिब्जुले इन्स्टाग्राममा तस्बिर पोस्ट गरेर कोरोना संक्रमणका जानकारी दिएका थिए। उनले आफ्नो पोस्टमा फ्यानलाई सावधानी अपनाउन आग्रह गरेका छन्। अभिनेता, निर्देशक, डीजे, र्‍यापर तथा गायक इदरिस अकुना एल्बाले भिडियो म्यासेज सेयर गर्दै आफ्नो बिरामीको जानकारी दिए। अहिले उनी आइसोलेसनमा छन्।

४० वर्षीया फ्रेन्च अभिनेत्री ओल्गा कुरिलेन्कोले इन्स्टाग्राममा क्वारेनटाइनको फोटो सेयर गरेर बिरामी भएको बताएकी छन्। साथै उनले सबै फ्यानलाई कोरोनालाई गम्भीरतापूर्वक लिन सल्लाह दिएकी छन्। अभिनेत्री, निर्माता, गायिका रिटा विल्सन पनि कोरोनाको चपेटामा छिन्। रिटाले पनि टमसँग सोसल मिडियामार्फत संक्रमित भएको खबर दिएकी थिइन्। मिडिया रिपोर्टअनुसार रिटासँगको भेटपछि अस्ट्रेलियन पत्रकार रिचर्ड विल्किन्स पनि गम्भीर बिरामी भएका छन्। हलिउडका अभिनेता टम ह्याक्स कोरोनाबाट संक्रमित हुने पहिलो सेलिब्रिटी हुन्। उनले ११ मार्चमा सोसल मिडियामार्फत कोरोना पीडित भएको जानकारी गराएका थिए।

यसका साथै ८६ वर्षीय जज लिजेन्ड मनु दिबान्गु पनि कोरोना भाइरसको उपचार गर्न अस्पताल भर्ना भएका छन्। तान्जानियाका र्‍यापर म्वाना एफएले पनि १९ मार्चमा कोरोना संक्रमित भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

कुवेत : कुवेतमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो व्यक्तको मृत्यस भएको छ । त्यहाँको सरकारी समाचार

काठमाडौं : कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी

काठमाडौं : स्पेनमा कोरोनाबाट एकैदिन ८०९ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा कोरोनाबाट मृत्यु

काठमाडौं : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेको

काठमाडौं : नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को नयाँ तीन जना संक्रमित फेला परेको छ । सुदूरपश्चिम जिल्लाको

बेइजिङ : चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरिएको छ । संक्रमणबाट मृत्यु

जनकपुरधाम– जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा कोरोनाको आशंकामा राखिएका ५ जनाको रिपोर्ट निगेटिभ आएको छ

काठमाडौं : सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न आज (शनिबार)

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा

एजेन्सी– कोरोना भाइरसको कारण भारतमा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुई हजार ९