अभिनेता प्रदिप खड्का भन्छन्– यो अवस्थामा आफैँले आफूलाई जोगाऊँ



काठमाडौं : सरकारले मंगलबारबाट चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउने छैनन् । यो निर्णयमा नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् ।

‘लकडाउन’को सदुपयोग गरौ भन्दै विभिन्न कलाकारले सर्तकता अपनाउन अपिल समेत गदै आएका छन् । त्यस्तै अभिनेता प्रदिप खड्काले पनि कोरोना भाइरसबाट बच्न विभिन्न उपायहरु भिडियो सन्देशमार्फत सिकाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गदै सरकारले गरेको ‘लकडाउन’ लाई साथ दिन पनि सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छन् । प्रदिप भन्छन्–‘यदी कसैलाई कोरोनाको लक्षण देखिएको छ भने सर्तक रहनुस् र आइसुलेसनमा बस्नुस् । अहिलेको अवस्थामा आफैले आफूलाई जोगाऊँ । भीडभाडबाट आफूलाई टाढा राख्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्