पिङ खेल्नेक्रममा बाँसमा बेरिएर बालिकाको मृत्यु



उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछा आमबोटका ललितसेर राईको ८ वर्षिय छोरी करुण राईको मृत्यु भएको छ । कपडा सुकाउने बाँसमा सलले पिङ खेल्ने क्रममा मृत्यु गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पिङ खेल्ने क्रममा बाँसमा बेरिएर बालिकाको ज्यान गएको हो । बालिकाको शब पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्