सबैको लागि सबैले यो समयमा दुरी कायम राख्न अभिनेत्री रेखा थापाको आग्रह



काठमाडौं : सरकारले मंगलबारबाट चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउने छैनन् । यो निर्णयलाई नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् ।

त्यस्तै अभिनेत्री रेखा थापा भने आफैं केही दिन अघिदेखि नै लकडाउन थिइन् । उनी ‘सरकारले भन्नुभन्दा तीन चार दिन पहिलादेखि नै म लकडाउनमा छु भन्दै आएकी थिइन । रेखाले सामाजिक सञ्जाल हेर्न भने छोडेकी छैनन् । के समाचार आयो भनेर उनी अपडेट पनि भइरहेकी छन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरु सेयर गदै आएकी छन् ।

त्यस्तै ‘लकडाउन’को सदुपयोग गरौ भन्दै उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन् “अचानक आएको संकटको सामना गर्नु परेको छ । यस्तो बेला एउटा महत्वपूर्ण नियम लागु गरिएको छ ।

सबैले पालना गरौ । हामी सक्छौ, हामी अनुशासित समाज हौ, हामी संक्रमणको सम्भावित चेन लाई ब्रेक गर्ने छौ । “सबैको लागि सबैले दुरी कायम राखौ , सफा सुरक्षित व्यबहार गरौ । घर मै बसौ, देश र विश्वको बारेमा सम्बेदनशिल बनौ ।“

प्रतिक्रिया दिनुहोस्