चर्चामा रहेको फिल्म ’आरआरआर’को मोसन पोस्टर सार्वजनिक



काठमाडौं : निर्देशक एसएस राजामौलीको फिल्म ’आरआरआर’ केही समयदेखि चर्चामा छ । यसै नयाँ फिल्म ’आरआरआर’को मोसन पोस्टर सार्वजनिक भएको छ । अभिनेता राम चरण, एनटिआर जुनियर, अजय देवगनको मुख्य भुमिका रहने यस फिल्मको मोसन पोष्टर मंगलबार सार्वजनिक भएको हो ।

फिल्मको मोसन पोस्टर अनुसार ’आरआरआ’को अर्थ ’रौद्रम रानम रुधिराम’ रहेको छ । यस फिल्म आगामी वर्षको जनवरी ८मा रिलिज हुने बताइएको छ । फिल्ममा सन् १९२० को भारतको परिदृश्यको कथा देखाइनेछ । फिल्म विभिन्न १० प्रान्तीय भाषामा रिलिज हुने भारतिय मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्