सुदुरपश्चिम प्रदेशमै पहिलो पटक निर्माण तथा हार्डवेयर प्रदर्शनी धनगढीमा सुरु



 कैलाली : सुदूरपश्चिम प्रदेशमै पहिलो पटक निर्माण तथा हार्डवेयर प्रदर्शनी बुधबारदेखि धनगढीमा सुरु भएको छ । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा भएको प्रदर्शनी चार दिनसम्म चल्नेछ । 

प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।  असोज २७ गतेसम्म धनगढीमा ओम प्यालेसमा चल्ने प्रदर्शनीमा नेपाल र भारतका विभिन्न कम्पनीहरुका ६० वटा स्टल रहेका छन् । भवन निर्माणसँग सम्वन्धित सुचना र जानकारी दिनुका साथै घर तथा भवन निर्माणका सवै सामाग्री एकै थलोमा राखेर प्रदर्शनी गरिएको छ ।

बजारमा रहेका विभिन्न व्राण्डहरुको वारेमा जानकारी लिन सकिने प्रदर्शनीमा प्रवेश निशुल्क रहेको कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा राष्ट्रिय तथा सुदूर पश्चिम प्रदेशभित्रका स्थानीय निमार्ण सामाग्री तथा हार्डवेयर सामानहरुलाई प्रचारप्रसार तथा विशेष महत्वका साथ स्थान दिन असोज २४ देखी २७ गते सम्म निमार्ण सामाग्री तथा हार्डवेयर मेला आयोजना भएको हो ।

 

बृहत बजार सम्भाव्यता बोकेको धनगढी सहरमा हार्डवयर व्यवसायीहरुले पहिलो पटक मेला आयोजना गर्न लागेका हुन् । आफ्नो उत्पादनलाई उपभोक्ता सामु प्रस्तुत गर्नको लागि यो प्रर्दशनी मेला लाभदायक हुने अपेक्षा गरिएको छ ।

प्रचारप्रसार तथा प्रदर्शनीका माध्यामबाट आफ्नो उत्पादनलाई उपभोक्तासम्म पु¥याई व्यापार प्रवद्र्घधन गर्ने उद्देश्यले ४ दिनसम्म लाग्ने मेलामा करीब १ लाख दर्शकहरुले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्