गायक बज्राचार्यको ‘लकडाउन उफ’ बोलको गीत सार्वजनिक



काठमाडौं– केही साता अघि गायक दीपक बज्राचार्य आफ्नो टिमसहित प्रस्तुति दिनका लागि अष्ट्रेलिया पुगेको थियो । त्यही समयमा विश्व कोरोनाको संक्रमणबाट ग्रसित बन्यो र उनीहरू त्यहाँ बाँकी कार्यक्रम रद्द गरेर काठमाडौं फर्किए ।

नेपाल फर्किए लगत्तै उनीहरू सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । यहि समयमा दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ले क्वारेन्टाइनमा बसेरै फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन पनि दिईरहेका थिए ।

यतिबेला भने केही नयाँ काम गरौँ भन्दै युट्युबमार्फत ‘लकडाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । जसमा कोरोनाको संक्रमण कम गर्नको लागि विश्वभरी भइरहेको लकडाउन र त्रासको बारेमा वर्णन गरेका छन् ।

दीपक बज्रचार्यको स्वर रहेको गीतमा शब्द विजेन्द्र बज्रचार्यको रहेको छ । उनले गीत सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन् ‘यो गीत बनाउनुको मुख्य हाम्रो उद्देश्य भनेको संसारको वर्तमान अवस्थालाई स्वीकार्नु र यस मार्फत सकारात्मक हुनु हो । सम्भव भएसम्म मनोरञ्जन गर्नु होला । ’

प्रतिक्रिया दिनुहोस्