लकडाउनको अवधिमा पनि ‘रङ्गमञ्च महोत्सव’



काठमाडौं– थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन टिसिसी नेपालले मार्च २७ चैत १४ अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने भएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको घोषणा गरेपछि भिडियोमार्फत महोत्सवको आयोजना गर्न लागेको थिएटर मल–कीर्तिपुर महोत्सवका निर्देशक केदार श्रेष्ठले विज्ञप्ति जारी गरि उल्लेख गरेका छन् ।

विज्ञप्तिमा आफ्ना नाटकको भिडियोसहित महोत्सवका लागि प्रत्येक दिन साँझ ५ बजे सहभागी हुन सबै रङ्गकर्मीलाई आग्रह गरिएको छ । हरेक दिन फरक फरक एक नाटकको प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त महोत्सव थिएटर मलको फेसबुक पेज www.fb.com/theatremlla बाट प्रत्यक्ष हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्