कोरोना कोषमा भारतीय अभिनेता प्रभासले गरे ४ करोड सहयोग



भारत : भारतीय अभिनेता प्रभासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोरोना कोषमा ४ करोड रुपैयाँ (नेपाली ६ कारोड ४ लाख) सहयोग गरेका छन्।

प्रभासले ४ करोडमा ३ करोड प्रधानमन्त्री राष्ट्रिय राहत कोष र बाँकी ५०/५० लाख आन्ध्र प्रदेश र तेलंगानाको मुख्यमन्त्री राहत कोषमा दिएका हुन्। प्रभाससँगै ऋतिक रोशन, महेश बाबु, कपिल शर्मा लगायतले कोरोना भाइरसले निम्त्याएको संकटको घडीमा मद्दतको हात बढाएका छन्।

प्रतिक्रिया दिनुहोस्