सेक्सी फोटो सेयर गरेपछि प्रयोगकर्ताले भने, ‘केही त लाज राख्नुहोस्



एजेन्सी : बलिउड फिल्म अभिनेत्री दिशा पाटनीले लकडाउनबीच आफ्नो एउटा पुरानो सेक्सी फोटो सेयर गरेकी छिन् । उक्त फोटोसुट उनले एउटा बिकिनी ब्रान्डका लागि गरेकी थिइन् ।

फोटोमा उनी निकै बोल्ड देखिएकी छिन् । पुरानो फोटो यतिबेला सेयर गरेपछि उनी ट्रोलको शिकारसमेत भएकी छिन् ।

एकजना प्रयोगकर्ताले अक्षय कुमारको एउटा मीम सेयर गरे । यसमा लेखिएको थियो, ‘केही त लाज राख्नुहोस् हजुर, केही त लाज राख्नुहोस् ।’

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘भगवानसँग नभएपछि कोरोनासँग त डराउ ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सबै आजै हाल्छौ कि क्या हो, थाकिसकेँ म ।’

प्रतिक्रिया दिनुहोस्