कोरोनाभाइरसबारे चेतनामुलक गीत सार्वजनिक



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९)बाट बच्ने उपायबारे चेतनामुलक गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शम्भुजित बाँस्कोटा, जिवेश सिंह गुरुङ, दीपिका थापालगायत ९ जना कलाकारले कोरोना भाइरसबाट सचेत रहन अपील गरेका छन् ।

सरोज ओलीको शब्द, दीपक शर्माको संगीत रहेको गीतमा डेभिड शंकर र बेनिशा पौडेलको स्वर छ । शंकर धितालको निर्देशनमा बनेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन् भने, शुभ मिडिया होमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्