गलत रिपोर्ट दिने दुई डाक्टरलाई बिरामी जाँचमा रोक



जनपुरधाम : नेपाल मेडिकल काउन्सिलले गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही गरेको छ । काउन्सिलले जनकपुर अञ्चल अस्पतालका डा.रम्भा गोइत र डा.विजयकुमार सिंहलाई अर्को निर्णय नभएसम्मका लागि व्यावसायिक प्रमाणपत्र निलम्बनसँगै बिरामी जाँचमा रोक लगाएको छ ।

 

डाक्टरद्वय गोइत र सिंहले बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै व्यावसायिक प्रमाणपत्र निलम्बन गरी चिकित्सकीय गतिविधिबाट बञ्चित गराएको काउन्सिलले जनाएको छ ।

 

ती दुवै चिकित्सकले बिरामी जाँच्ने काम गरे नयाँ मुलुकी संहिताको फौजदारी कानुनअनुसार कारबाही हुन सक्ने छ । 

प्रतिक्रिया दिनुहोस्