ऐश्वर्याले किन घृणा गर्छिन् इमरान हाजमीलाई ?



एजेन्सी : बलिउड दुनियाँको कुरा गर्दा ऐश्वर्या राय छुटाउनै नहुने नाम हो । ऐश्वर्याले बलिउड र भारत मात्र नभई अन्तरराष्ट्रिय क्षेत्रमै सर्वाधिक सुन्दरी महिलाको उपाधि प्राप्त गरेकी छन् ।

ऐश्वया जब पर्दामा आउँछिन् उनको सुन्दरताबाट दर्शकको नजर हट्दैन । तर के तपाई सोँच्न सक्नुहुन्छ कि कहिल्यै ऐश्वया रायको सुन्दरताको बारेमा कुनै कलाकारले नराम्रो प्रतिक्रिया दिएको छ ? यस्तो भएको छ ।

घटना थियो टेलिभिजनको सबैभन्दा कन्ट्रोभर्सियल शो ‘कफी वीद करण’ को । यस शोमा थुप्रै ठूला कन्ट्रोभर्सीहरु भएका छन् । जसमध्ये एक हो ऐश्वया रायसँग सम्बन्धित कन्ट्रोभर्सी ।

यस शोको एक एपिशोडमा महेश भट्टसँग पुगेका थिए इमरान हाश्मी । यस शोको क्रममा संचालक करण जौहरले इमरान हाश्मीसँग भनेका थिए, ‘म यो कुराहरुको नाम लिन्छु । जुन कुराहरु भन्दा तपाईलाई कसको याद आउँछ ?’ त्यसपछि करणले जब ‘प्लास्टिक’ भने इमरान हाश्मीले जवाफ दिए ऐश्वया राय ।

जसको मतलब थियो ऐश्वया रायको सुन्दरता साँचो नभई प्लास्टिक ब्युटी रहेको बताएका थिए । यो कमेन्ट ऐश्वया राय र उनका फ्यानहरुलाई राम्रो लागेन । यस प्रतिक्रियापछि इमरान हाश्मीलाई थुप्रै नकरात्मक टिप्पणीहरु झेल्नुपर्यो ।

जनतासँग त झेल्नुपर्यो नै तर अभिनेत्रीहरुसँग पनि इमरानले नकरात्मक टिप्पणीहरु झेल्नुपर्यो । यस शो पछि एक समय यस्तो पनि आयो जब ऐश्वया रायसँग इमरान हाश्मीले काम गर्न सक्थे । त्यसबेला इमरान हाश्मीलाई ठूलो स्टारकास्ट भएको फिल्मको खाँचो थियो । उक्त फिल्म हो २०१७ मा प्रदर्शन फिल्म ‘बादशाहो’ ।

यस फिल्ममा इमरान हाश्मी पनि थिए । यस फिल्मको मुख्य अभिनेत्रीको रुपमा ऐश्वया रायलाई फाइनल गरिएको थियो । तर जब ऐश्वयालाई थाहा भयो कि फिल्ममा इमरान हाश्मी पनि छन् तब ऐश्वयाले उक्त ‘प्लास्टिक’ भनेको टिप्पणी याद गरिन् र इमरानको नाम सुन्ने बित्तिकै उनले फिल्ममा काम गर्न अस्वीकार गरिन् ।

प्रतिक्रिया दिनुहोस्