लकडाउनमा आफैँलाई समय दिँदै अभिनेत्री केकी अधिकारी



काठमाडौं : सरकारले मंगलबारबाट चैत१८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । केही दिनदेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउएका छैनन् । यो निर्णयलाई नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् ।

त्यस्तै अभिनेत्री केकी अधिकारीलाई यो लकडाउनको समय कामबाट ब्रेक लिने अवसर भएको छ । केकीले सामाजिक संजाल हेर्न भने छोडेकी छैनन् । केही नयाँ समाचार आयो कि भनेर उनी अपडेट पनि भइरहेकी छन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरु सेयर गदै आएकी छन् ।

केकी भन्छिन् ’यो समय मेरो लागि एकदम राम्रो भइरहेको छ। मेरा लागी यो ब्रेक लिने समय हो ।

कमेडी च्याम्पियन र चलचित्रको लगातार सुटिङ्गका कारण मैले आफ्नो अनि आफ्नो परिवारको लागी समय दिन पाएको नै थिएन । यो बेला समय दिन पाएको छु । उहाहरु सँग नै समय बिताइरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्