परिणितिले नगर्ने भइन् भारतीय टेनिस प्लेयर सानिया मिर्जाको बायोपिक



काठमाडौं : केही समयदेखि टेनिस प्लेयर सानिया मिर्जाको बायोपिक बन्ने चर्चा छ । उनले भारतीय सञ्चारमाध्यमहरुलाई अन्तर्वार्ता दिने क्रममा सानियाले आफ्नो बायोपिक बन्ने खुलाएकी थिइन् । परिणिति र सानिया मिर्जा बेस्टफ्रेन्ड भएका कारण उनको बायोपिकमा परिणिति रहने हल्ला थियो ।

तर, हालै सानियाले एक भारतीय मिडियासँगको कुराकानीमा आफ्नो बायोपिकमा परिणिति चोपडा नहुने बताएकी छन् । उनले भनिन्–‘सायद मेरो बायोपिकमा परिणिति हुन्न होला । किनकी उनी सानिया नेहवालको बायोपिक गर्दैछिन् । बलिउडमा दीपिका पादुकोण, आलिया भट्ट, अनुष्का शर्मा, सारा अली खान जस्ता शानदार नायिकाहरु छन् । मेरो बायोपिक कसले गर्ने भन्ने स्क्रिप्टमा निर्भर हुन्छ । मलाई आशा छ मेरो बायोपिकलाई न्याय गर्नु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्