कोरोनाविरुद्ध लड्न अक्षय कुमारले दिए २५ करोड



एजेन्सी : कोरोना भाइरसबाट संक्रमितको लागि आर्थिक सहायताका लागि विभिन्न व्यक्तिहरुले कोषमा रकम जम्मा गरिरहेका छन् । रकम सहयोग गर्नेहरुमा बलिउडका सुपरस्टारहरु पनि पर्छन् ।

जसमध्ये अक्षय कुमार पनि एक हुन् । उनले ट्विट गर्दै २५ करोड भारु प्रधानमन्त्री राहत कोषमा दान गरेको घोषणा गरेका छन् ।

एनले ट्विटमा लेखेका छन्, ‘यो समय मानिसहरुको जीवन र मरणको विषय हो । हामीले पनि धेरै गर्न बाँकी छ । म मेरो बचतबाट २५ करोड प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न चाहान्छु । जीवन बचाऔँ । जीवन बाँचे संसार रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्