कोरोना संक्रमणका कारण स्पेनकी राजकुमारी टेरेसाको निधन



एजेन्सी : कोरोनाभाइरस संक्रमणका कारण स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाई राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ ।

कोरोनाभाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ ।

कोरोना संक्रमणबाट स्पेनमा गत २४ घण्टाभित्र ८ सय ४४ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार २ सय ५ जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्