फ्रेन्चाइज शो ‘हिमालय रोडिज’को प्रशारण स्थगित



काठमाडौं : फ्रेन्चाइज शो ‘हिमालय रोडिज’को प्रशारण स्थगित भएको छ । हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको यस शो आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माणपक्षले प्रशारण रोकिएको जानकारी दिएको हो । रोडिजको १५ एपिसोडसम्म प्रशारण भइसकेको छ भने ३ एपिसोड प्रशारण हुन बाँकी रहेको छ ।

कोरोनाको त्रासका कारण रोडिजको प्रशारण रोकिएको निर्देशन अमनप्रताप अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ती शेयर गदै जानकरी दिएका छन् । रोडिजको प्रशारण अनिश्चित समयका लागि रोकिएको समेत जनकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्