होम क्वारेन्टाइनमा श्रीमतीसँग डान्स गर्दै अभिनेता राजेश हमाल



काठमाडौं : कोरोना संक्रमण फैलन नदिँन सरकारले दोश्रो चरणको लकडाउन फेरि ८ दिन लम्ब्याएको छ । यस्तो अवस्थामा सर्वसाधरणदेखि सेलिव्रेटीहरु पनि घरमै बसिरहेका छन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरु सेयर गर्दै आएका छन् ।

त्यस्तै नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल पनि विश्वभर फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको सदुपयोग गरौँ भन्दै, दिनदिनै कुनै न कुनै सामाग्री आफ्ना शुभचिन्तका लागि शेयर गर्दै आएका थिए ।

लकडाउन ७ औँ दिन भने हमालले अलि फरक तथा रमाइलो भिडियो र फोटो पोष्ट गरेका छन् । होम क्वारेन्टाइनमा रहेका हमालले सामाजिक सञ्जाल फेसबुकमा श्रीमती मधुको तस्वीर शेयर गर्दै तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्