महिला रेस्लर अस्मिता जुरेलीलाई ‘रुमाल बोहनी’



काठमाडौं : टिका पुन र खगेन्द्र विश्वकर्माको स्वरमा रहेको नयाँ गीत ‘रुमाल बोहनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा चर्चित महिला रेस्लर तथा मोडल अस्मिता जुरेली, रमेश थापा, लोमश शर्मा, अर्जुन गौतम र आर के परियारको अभिनय रहेको छ ।

गीतमा लोकेन्द्र जिसीको शब्द तथा संगीत, कमल साउरागको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको छ । शिव बि.क.को निर्देशनमा तयार गीतको भिडियामा रोक कौशलको छायाांकन, पदम सुवेदीको सम्पादन र माधव श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्