चीनमा कुकुर-बिरालोको मासु खान प्रतिबन्ध



बइजिङ : चीनको दक्षिणपूर्वी सहर सेनजेनमा कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । यो नयाँ नियम मे १ देखि लागु हुने बताइएको छ ।

कोरोना भाइरस जंगली जनावरको मासुबाट सरेको भन्‍ने कुराहरु सार्वजनिक भएपछि चिनियाँ अधिकारीहरुले यसअघि नै जंगली जनावरहरुको बिक्री वितरण र निर्यातमा रोक लगाइएको थियो ।

सेन्जेनले एक कदमअघि बढ्दै कुकुर र बिरालोको मासुको बिक्री वितरणमासमेत रोक लगाइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्