लकडाउनः आफूभन्दा १६ वर्ष कान्छो प्रेमीसँग यस्तो अवस्थामा देखिइन् सुस्मिता सेन



एजेन्सी : बलिउड अभिनेत्री सुष्मिता सेन पछिल्लो समय फिल्मी क्षेत्रबाट टाढा छिन् । तर, पनि उनी व्यक्तिगत जीवनलाई लिएर भने सधैं चर्चामा छिन् ।

उनी अहिले १६ वर्ष कान्छा प्रेमीसँग सम्बन्धमा छिन् । उनी आफ्ना १६ वर्ष कान्छा प्रेमीसँगको विभिन्न समयका तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् ।

आजभोलि यो जोडी पनि लकडाउनमा छन् ।

लकडाउनमा सयममा उनीहरुले योगा गरिरहेको तस्बिर सार्वजनिक गरेका छन् ।

सुस्मिताले तस्बिरको क्याप्सनमा लेखेकी छिन्, ‘मुश्किल समय सधैँ रहँदैन । मानिसहरु यसलाई कठिन सम्झिन्छन् तर जीवनमा प्रतिबद्ध रहनु सबैभन्दा ठुलो कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्