२५ हजार मजदुरको बैंक खातामा सहयोग रकम पठाउँदै सलमान खान



एजेन्सी : कोरोना भाइरसका कारण विश्वका करोडौं मजदुरहरु मारमा परेका छन् । विश्वमा थुप्रै देशहरु लकडाउन भएका छन् । जसका कारण दैनिक ज्यालामा जिवन धान्दै आइरहेका मजदुरहरुको रोजीरोटीसमेत खोसिएको छ ।

यस्तो परिस्थितीबाट गुज्रिरहेका भारतीय मजदुरहरुको लागि बलिउड अभिनेता सलमान खानले सहयोग गर्ने भएका छन् ।

लकडाउनकै दिनहरुमा सलमानले २५००० मजदुरहरुको सहयोग गर्ने भएका छन् । सलमानले व्यक्तिगत रुपमा यो समाचारलाई पुष्टि नगरेपनि एफडब्ल्यूआईसीईले का जनरल सेक्रेटरी अशोक दुबेले एक वेभसाइटमा यसको पुष्टि गरेका छन् ।

अशोकले भनेका छन्, ‘सलमान खानका फिल्म्सका सीईओ शमीरा नाम्बियारले मजदुरहरुको मद्दतको लागि फेडरेशनलाई फोन गरेका थिए । फेडेरेशनका अनुसार विभिन्न प्रकारका ५ लाख मजदुरहरुमा दैनिक ज्यालामजदुरी गर्ने २५००० को बैंक खाता मागिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्